२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।
बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।