२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

टोखा नगरपालिका–९ मा खुकुरी प्रहारबाट दुई युवा घाइते

काठमाडौंको टोखा नगरपालिका–९ मिलन टोलमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन्।

खुकुरी प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धारा बस्ने सुनसरी धरान उपमहानगरपालिका–१५ घर भएका ३५ वर्षीय बन्दन लिम्बु र ३० वर्षीय हेम तामाङ रहेका छन्।

घाइते दुवै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।यता, बाँकेमा पिकनिक खाने क्रममा भएको विवादमा खुकुरी प्रहार हुँदा तीन जना घाइते भएका छन्।

बैजनाथ गाउँपालिका–२ मकैबारी भएको सो झगडामा संलग्न सोही गाउँपालिका–२ पहाडीपुर बस्ने २३ वर्षीय मनोज तारे मगर समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घटनामा संलग्न ५ जनालाई १ थान खुकुरी सहित पक्राउ गरेको हो। घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।