२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

कैलाली र कञ्चनपुरका १७ जनामा कोरोना पुष्टि

धनगढी : शुक्रवार सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नौँ महिला र ८ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबैभन्दा बढि कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीकै गोदावरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७१, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ६ सय ६२ डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।