२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

कक्षा ११ को परीक्षा कार्यक्रम तत्काल सार्वजनिक नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम तत्काल सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको छ। कोरोना कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको निर्णय नगरिसकेको अवस्थामा विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रास सिर्जना भएको भन्दै बोर्डले शुक्रबार एक सूचना जारी गरी सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको हो।

सूचनामा भनिएको छ,‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएकोले सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।’

कक्षा ११ को परीक्षा सञ्चालन,व्यवस्थापन,मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि,२०७७ भएअनुसार कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुअगाडि विद्यालयको अनुकूलता सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयले नै सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।