२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कैलालीमा ३ वर्षीया बालिका बलात्कारका दाेषी ५ वर्षपछि पक्राउ

कैलाली- कैलालीमा ३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दाेषी ठहर भएका एक युवा ५ वर्षपछि पक्राउ परेका छन्।
९ वर्ष जेल सजाय सुनाइएका गौरीगंगा नगरपालिका ३ का २१ वर्षीय अर्जुन चौधरी शनिबार पक्राउ परेका हुन्।
२०७२ भदौ १३ गते घरमा सुतिरहेकी बालिकालाई जंगलमा लगेर अर्धचेतन अवस्थामा बलात्कार गरेका उनी अर्को दिन पक्राउ परेका थिए। उनलाई कैलाली जिल्ला अदालतले धराैटी लिई तारेखमा छोडेको थियो।
सो मुद्दामा अदालतले दश महिनापछि नै दोषी ठहर गर्दै ९ वर्ष ३ महिना २९ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला सुनाएको थियो।
त्यसबेलादेखि फरार रहेकोमा खोजतलास गर्दै जाँदा पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता हिक्मतबहादुर थापाले बताए।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।