२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

कोरोनाका कारण थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको प्रवक्ता गौतमले जानकारी बताए ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको मिति २०७७ साल साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो । मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको मिति २०७७ साउन २४ गते विहान १ : ३० बजे दुखद निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।