२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कैलाली, कञ्चनपुरमा भारी वर्षा, सतर्क रहन आग्रह

धनगढी –कैलाली, कञ्चनपुरमा मध्यम देखी भारी वर्षा भईरहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। आइतवार देखी लगातार वर्षा हुँदै आएकोमा धनगढी, टिकापुर, भजनी, जानकी गाउँपालिका लगायतका क्षेत्रमा भारी वर्षा भईरहेकाले स्थानियवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको हो।

बर्षाका कारण चौधर, सुहेली, मोहना, खुटिया,कान्द्रा लगायत साना खोलाहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।

भजनीका स्थानिय राकेश चौधरीले अत्याधीक वर्षाले वरीपरीको क्षेत्र जलमग्न भएको बताए। धनगढीको मिलनचोकका प्रदिप खत्रीले पानी निकास नहुदा समस्या भएको बताए। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लगातार वर्षा भइरहेकाले उच्च जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरे।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।