२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित

काठमाण्डौ –नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आज उक्त संख्याका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा उक्त संक्रमित भेटिएको जानकारी दिए।

नेपालमा हालसम्म ७०.७ प्रतिशत कोरोना संक्रमित निको भएको उनले बताए।

उनका अनुसार हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ। आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन्। योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन्।

सोमबारसम्म ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।