२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

डोटी : डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

लुहारकी ३५ बर्षकी श्रीमती विष्णा, ११ बर्षका छोरा पारस, ७ बर्षकी छोरी सिरु र ४ बर्षकी छोरी जेनिषाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले दिनेश खवरलाई जानकारी दिए।

उनीहरुको स्वास्थ्य चौकी बाझककानीमा उपचारका भइरहेको प्रहरी निरिक्षक बोहराले बताए। उनका अनुसार घर भत्किएपछि अन्य ५ जना घाईते भएका छन्।

‘राति एक बजेको घटना हो,’ उनले भने, ‘हामीलाई ३ बजे मात्रै जानकारी भयो। साढे ३ बजे टोली पुगेको थियो।’ घर भत्किएपछि चौपाया पनि मरेका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।