२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

बाजुराबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा ।जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन्।

उनले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको भण्डारीले बताए। हेलिकप्टरका लागि सोमबार नै कुरा गरेको र उक्त दिन मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि आज बिहान कैलाश उमावि महतीबाट उद्धार गरिएको प्रजिअ गैह्रेले बताए। 

सोमबारदेखिको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको हुँदा उच्च रक्तस्राव भएको स्वास्थ्यकर्मीले बताएका छन्। सत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत उद्धार गरिएको हो। रासस 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।