२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

फेरि होटल र रेष्टुरेन्ट बन्द, भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द

धनगढी: भिडभाड बढेपछि सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ। कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। 

‘यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो। तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,’ मन्त्री खतिवडाल भने।

यस्तै सरकारले भदौ ३१ गतेसम्म नेपाल प्रवेशको सबै नाका र यात्रुहरुको प्रवेश सबै नाका स्थगित गर्ने निर्णय गरेको छ।

सरकारले  तोकेको  १० वटा सीमानाकाबाट मात्र  नेपाल प्रवेश पाउने गरी  निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। झापाको करभिट्टा, मोरङको रानी,  सिरहाको माडर,  रौतहटको गौर,  पर्साको वीरगञ्ज,  रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर,  बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र आउन पाउने उनले बताए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।