२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना रोकथामका लागि ५० करोड खर्च

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा सम्बोधन गरेका छन्। उनले समसामयिक विषयमा प्रदेश सभामा सम्बोधन गरेका हुन्। 

उनले प्रदेशको प्रकोपको क्षती, कोरोनाको प्रभाव तथा रोकथापका लागि भएका प्रयासका बारेमा सभालाई जानकारी दिएका हुन्। विभिन्न प्रकोपबाट प्रदेशमा ४३ जनाको मृत्यु भएको प्रदेश सभालाई जानकारी दिए। 
प्रकोपबाट घाइते भएकाहरुको उपचार गर्ने उनले बताए। कैलाली कञ्चनपुरमा प्रत्येक वर्ष डुबान हुँदै आएकाले विस्तृत अध्ययनको तयारीमा रहेको बताएका छन्। यस्तै धनगढी बजारमा भरिएको पानीको बिषयमा अहिलेसम्म छलफल समेत नभएको बताउँदै उनले बिस्तृत अध्ययन गर्न आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको अवस्था, भारतबाट फर्किएकाहरुको व्यवस्थापन, कोरोना परीक्षण, कोरोना परिक्षणमा भएको खर्च लगायतका विषयमा समेत मुख्यमन्त्री भट्टले प्रदेश सभालाई जानकारी दिएका छन्। उनले प्रदेशमा कोरोना परीक्षण तथा रोकथामका लागि ५० करोड खर्च भएको बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।