२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा लागु औषध सहित ६ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट मंगलबार लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट एक र बेलौरी नगरपालिकाबाट पाँच गरी ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को क्याम्पबाट तीन ग्राम ९५ मिलिग्राम खैरोहिरोईन सहित वेदकोट नगरपालिका ३ का २० वर्षीय राकेश चौधरीलाई पक्राउ गरिएको हो।यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटबाट थप पाँच जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।