२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

बझाङमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर १ घर भएकी २२ बर्षिया एक महिलाको स्क्रबटाईफस रोगबाट बिहीबार मृत्यु भएको हो।

जिल्ला अस्पतालका डा।मिलन खड्काले स्वास्थ्यमा समस्या आएपछि बिरामी महिला एक हप्ता अघिदेखि गाउँकै क्लिनिकमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको बताए।

अस्पतालका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको हो। किर्ना प्रजातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीरमा स–साना बिबिरा आउने, हातखुट्टा दुख्ने दिउँसो ठिक भए पनि राती बढी ज्वरो आउने –लक्षण रहने गरेको बताइएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।