२०८३ श्रावण १९ मंगलवार
Search
२०८३ श्रावण १९ मंगलवार

सुदूरपश्चिमका ४२०२ जना कोरोना संक्रमित डिस्चार्ज

धनगढी :सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप ४५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप ४५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। उनीहरु सबैलाई अछामबाट डिस्चार्ज गरिएको उनले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार दुई सय दुई  पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६६, अछामका ७  सय १२, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७७, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस ६ सय १८ रहेका छन्। सुदूरपश्चिममा अहिले सम्म कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।  

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।