२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

देशका ४१ जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन

काठमाडौं :  कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लाले कतै निषेधाज्ञा त कतै लकडाउन लगाएका छन्।

  कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका सेवामा रोक लगाएका छन्। आजसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा तथा लकडाउन गरिएको छ।  

गृह मन्त्रालयको आज विहानको तथ्यांकअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन्। अन्य जिल्लामा स्थानीय तहले लकडाउन गरेको मन्त्रालयका कम्प्यूटर अपरेटर विनोद विश्वकर्माले जानकारी दिए। यद्यपी यो संख्या घटबढ हुन सक्ने उनकाे भनाइ छ। 

पर्सामा निषेधाज्ञासहित सेना परिचालन गरिएकाे छ।  विश्वकर्माका अनुसार पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र बन्द रहने छ।

त्यस्तै चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकुम पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन गरिएको छ। रेडजोनमा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन् ।

सरकारले दुई सयभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ। अहिले काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ७२ जिल्लामा सक्रिय संक्रमित छन्। संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।