२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

चीनमा निर्माण भइरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई पेटेन्ट अनुमति

एजेन्सी- चिनियाँ भ्याक्सिन कम्पनी क्यान्सिनो बायोलिजिक्स कर्पोरेशनले निर्माण गरिरहेको कोरोना भ्याक्सिन ‘एडि५-एनकोभ’ ले पेटेन्टका लागि अनुमति पाएको छ।

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्टमा क्यान्सिनोले निर्माण गरिरहेको भ्याक्सिनलाई पेटेन्टको अनुमति दिएको हो। चीनले कोभिड-१९ विरूद्धको खोपका लागि अनुमति दिएको यो पहिलोपटक हो। तर यसलाई वैज्ञानिक उपलब्धीभन्दा बढी व्यवसायिक उपलब्धी मानिएको छ।

वाल्टर एन्ड एलिजा होल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जियन’मा भनेका छन्, ‘पेटेन्टको कारणले अब कोही पनि यसको नक्कल गर्न सक्दैनन् तर क्लिनिकल ट्रायलका लागि भने पेटेन्ट हुनैपर्ने भन्ने होइन।’

उनका अनुसार यो भ्याक्सिनबारे केही हप्ताअघि मेडिकल जर्नल लेन्सेन्टमा पनि छापिएको थियो।

यो भ्याक्सिनमा कोरोना भाइरसविरूद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरस (रूघाखोकी र सामान्य संक्रमण पैदा गर्ने भाइरस) को प्रयोग गरिएको छ।

साउदी अरबले भने क्यान्सिनोले छिटै नै तेस्रो चरणको ट्रायल गर्ने योजना बनाइरहेको बताएको थियो। क्यान्सिनोले भने तेस्रो चरणको ट्रायलका लागि रूस, ब्राजिल र चिलीसँग कुरा भइरहेको बताएको छ।

यो समाचार सार्जनिक भएसँगै सोमबार क्यान्सिनोको सेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६.६ प्रतिशतले बढेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।