२०८३ श्रावण १७ आईतवार
Search
२०८३ श्रावण १७ आईतवार

अपहरण आरोपमा ५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – अपहरणको अरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राती ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले आफूलाई अपहरण गरेकोभनी प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।

प्रहरीले पिछा गर्दै जादा ललितपुर इमाडोलबाट कार सहित उनीहरूलाई पक्राउ गरेको हो । मोबाइलको लोकेशनको आधारमा सिआईबी र ललितपुर प्रहरीले संयुक्त खोजि गरेका थिए।

वा १२ च १६१७ नम्बरको कारसहित ललितपुरको इमाडोल स्थित कृष्णमन्दिरबाट ५ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई हाल काठमाडौं डल्लु बस्ने किसन डगौरा, ललितपुर टीकाथली बस्ने निर्प सोडारी, ललितपुर टीकाथली बस्ने लाल बहादुर रावल, सम्राट रावल र नविन खड्का र महालक्ष्मी–८ लुभु बस्ने गणेश बहादुर साउद रहेका छन् ।

डगरौले भने प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिल यादवले लेनदेन नमिलेपछि अपहरण गरेको र ललितपुरतिर लैजादै गर्दा प्रहरीले पक्राउ गरेको बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।