२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

कञ्चनपुरमा १४ लाख बढिको अवैध सामान बरामद

कञ्चनपुर ।  कञ्चनपुरमा १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका अवस्थामा १४ लाख नौँ हजार नौँ सय ५० रुपैँयाको सामान बरामद गरिएको हो। 

भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुईवटा सवारी साधनमा कपडा, बिजुलीका सामान ल्याईरहेको बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको प्रहरी नायव उपरिक्षक अमर वहादुर थापाले बताए।

उक्त समान, सवारी साधन र चालकहरुलाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।