२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

विमान दुर्घटनाअघि पाइलटले दिएका थिए आपतकालीन संकेत ‘मे डे’

काठमाडौं, २९ जेठ — भारतको गुजरातमा बिहीबार दुर्घटनामा परेको एयर इन्डियाको बोइङ विमान ‘एआई १७१’ का पाइलटले दुर्घटनाको ठिक अघि आपतकालीन संकेत ‘मे डे’ दिएका थिए। विमान क्याप्टेन सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क गर्दै यस्तो संकेत दिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार, उक्त विमानमा २ सय ४२ जना सवार थिए, जसमा २३० जना यात्रु र १२ जना चालकदलका सदस्य थिए। लन्डनका लागि उडान भरेको उक्त जहाज गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेलगत्तै दुर्घटनामा परेको हो।

‘मे डे’ अन्तर्राष्ट्रिय उडान सुरक्षामा प्रयोग गरिने एक उच्चस्तरीय आपतकालीन संकेत हो। जब जहाज गम्भीर संकटमा पर्छ — जस्तै इन्जिन फेल हुनु, आगलागी, अपहरण, वा अन्य प्रविधिक समस्या — त्यस्तो बेलामा पाइलटले रेडियो सन्देशमार्फत तीन पटकसम्म “Mayday, Mayday, Mayday” भन्ने गर्छन्। यसले विमानस्थल, एटीसी र अन्य नजिक रहेका जहाजहरूलाई उच्च सतर्क अवस्थामा जान निर्देशन दिन्छ। प्रोटोकल अनुसार, यस्तो संकेत आएपछि तुरुन्तै विमानस्थलमा दमकल, एम्बुलेन्स, उद्धारकर्मीहरू र अन्य आपतकालीन टोलीहरू अलर्ट अवस्थामा राखिन्छन्। तर यसपटक पाइलटबाट ‘मे डे’ सन्देश आएपछि थप सम्पर्क हुन नपाई जहाज दुर्घटनामा परेको एटीसी स्रोतले जनाएको छ।

घटनापछि भारतीय विमानस्थल तथा उड्डयन नियामक निकायले छानबिन सुरु गरेको छ। प्रारम्भिक अनुमानअनुसार, जहाजको इन्जिनमा समस्या देखिएको थियो, तर यकिन विवरण ब्ल्याक बक्सको विश्लेषणपछि मात्र थाहा हुनेछ। एयर इन्डियाले यसअघि पनि इतिहासमा कैयौं गम्भीर दुर्घटनाहरू भोगेको छ। पछिल्लो दुर्घटना थप सतर्कता र सुरक्षा मापदण्डको समीक्षा आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।