२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

रौतहटमा विद्युतीय मोटर सर्ट भएर करेन्ट लाग्दा बालकको दुःखद मृत्यु

रौतहट, ३१ असार — रौतहट जिल्लाको मौलापुर नगरपालिका–८ सोनरनियामा विद्युतीय मोटर सर्ट भएर करेन्ट लाग्दा १४ वर्षीय एक बालकको ज्यान गएको छ। धानखेतमा पानी हाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका बालक नरेन्द्र पटेलको उपचारका क्रममा निधन भएको हो। प्रहरीका अनुसार खेतमा सिंचाइका लागि प्रयोग गरिएको मोटर सर्ट भएर करेन्ट प्रवाह हुँदा नरेन्द्रलाई करेन्ट लागेको थियो। परिवारका सदस्यहरूले तुरुन्तै उनलाई नजिकैको स्थानीय अस्पताल पुर्‍याएका थिए, तर चिकित्सकले उनलाई बचाउन सकेनन्। मौलापुर नगरपालिकाकी मेयर रिना साहले बालकको मृत्युको पुष्टि गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डिएसपी दीपक रायले बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जानकारी दिएका छन्। साथै, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरमा सर्ट भएर विद्युत प्रवाह भएको र बालक त्यसको सम्पर्कमा आएपछि दुर्घटना भएको आशंका गरिएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन तथा स्थानीय तह र विद्युत प्राधिकरणले यस्ता उपकरणहरूको निरीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्। अहिलेको समयमा खेत सिँचाइका लागि मोटरको प्रयोग अनिवार्यजस्तै भएकाले, भविष्यमा यस्ता घटना नदोहोरिन सुरक्षाका उपाय अपनाउनु अत्यन्त जरुरी भएको स्थानीय समाजसेवी अर्जुन ठाकुरले बताए।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।