२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

माछापोखरीमा सिक्री लुट्ने गिरोह पक्राउ, दुई जना नियन्त्रणमा

काठमाडौं, ११ साउन — काठमाडौंको माछापोखरी क्षेत्रबाट एक महिलाको गलाबाट सुनको सिक्री लुट्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खु निवासी २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्। प्रहरीले जनाएअनुसार, शनिबार साँझ करिब ६:३० बजे ती दुई जनाले माछापोखरी क्षेत्रमा हिँडिरहेकी एक महिलालाई पछ्याउँदै उनको गलाबाट २ तोला २५ लाल सुनको सिक्री लुटेका थिए। उक्त सिक्रीको मूल्य हालको बजार अनुसार करिब ४ लाख ३८ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ।

घटना लगत्तै सक्रिय बनेको प्रहरी टोलीले खोजी अभियान सञ्चालन गर्दै राति १२:३२ बजे उनीहरूलाई माछापोखरी क्षेत्रमै पक्राउ गरेको हो। बालाजु प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेपछि उनीहरूबाट लुटिएको सुनको सिक्रीसहित दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, लुटपाटमा संलग्न गिरोहमाथि थप अनुसन्धान भइरहेको छ। लुटपाट नियन्त्रण गर्न प्रहरीले थप निगरानी र गस्ती बढाउने तयारीसमेत गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।