२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

टी–२० अन्तर्राष्ट्रिय शृंखला : वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलियाको लगातार चौथो जित

११ साउन, काठमाडौं — अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा चौथो खेल पनि जित्दै शृंखला ४–० ले आफ्नो पक्षमा बनाएको छ। आइतबार बिहान सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो। वेस्ट इन्डिजले दिएको २०६ रनको चुनौतीपूर्ण लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा अविजित ५५ रन बनाए। त्यसैगरी जोश इङ्लिसले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा १० चौका र १ छक्कासहित अर्धशतक पुरा गरे। ग्लेन म्याक्सवेलले पनि १८ बलमा १ चौका र ६ छक्काको सहायताले तेज ४७ रन जोडे।

वेस्ट इन्डिजका बलरहरूमध्ये जेडिया ब्लेड सबैभन्दा सफल रहे, जसले ३ विकेट लिए। रोमारियो शेपहर्ड, अकिल होसेन र जेसन होल्डरले समान १–१ विकेट लिएका थिए। यसअघि, टस गुमाएर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले सर्वाधिक ३१ रन बनाए भने कप्तान रोभमान पावेल र रोमारियो शेपहर्डले समान २८ रन जोडे। जेसन होल्डरले पनि उपयोगी २६ रन बनाए।

बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिँदै विपक्षीको स्कोर सीमित राख्न मद्दत गरे। आरोन हार्डी, शन एबट र जेभियर बार्टलेटले समान २–२ विकेट लिँदै टिमलाई सशक्त स्थिति दिलाए। यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको टी–२० शृंखलामा ४–० को अजेय अग्रता बनाएको छ। अब शृंखलाको अन्तिम खेलमा अस्ट्रेलिया ‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा हुनेछ भने वेस्ट इन्डिज आफ्नो सम्मान जोगाउने रणनीतिमा मैदान उत्रनेछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।