२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

कञ्चनपुरमा मुक्त हलियालाई राहत वितरण

कञ्चनपुर  । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरले कोभिड–१९ बाट प्रभावित मुक्त हलिया समुदायलाई राहत वितरण सुरु गरेको छ। भीमदत्त नगरपालिकाबाट मुक्त हलियालाई राहत वितरण सुरु गरिएको हो। संघले एन्टी स्लेभरी इन्टरनेशनलको साझेदारीमा सञ्चालित मुक्त हलिया पुनर्स्थापनाका लागि पूर्ण सहयोग परियोजनाअन्तर्गत राहत वितरण गरेको हो।

संघको कञ्चनपुरका पाँच स्थानीय तहका ५५१ परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ। जसअनुसार बुधबार भीमदत्त–९ ब्रह्मदेव मटेनाका ५५ परिवारलाई राहत वितरण गरिएको छर संघका अध्यक्ष दिलराम टमटाले कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका विपन्न परिवारलाई सहयोग गरेको बताए।

संघले मुक्त हलिया सहित दलित, विपन्न, र आपाङ्गता भएका व्यक्तिलाई राहत सहयोग गरिएको छ। मुक्त हलिया पुर्नस्थापनाका लागि पूर्ण सहयोग परियोजनाका फिल्ड अधिकृत मिथुन सिजापतिले २५ किलो चामल, तीन किलो दाल, दुई किलो नुन, दुई लिटर तेल, दुई किलो चिनी, साबुन लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए।

संघको यो परियोजना सञ्चालनमा रहेका सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा पनि राहत वितरण गर्ने कार्यक्रम रहेको छ। कञ्चनपुरमा भीमदत्त सहित शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास र बेलडाडी गाउँपालिकामा राहत वितरण गरिने परियोजना अधिकृत सिजापतिले बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।