२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन प्रान्तमा सुनामीको चेतावनी

 

काठमाण्डौ, श्रावण ३० : पूर्वी इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा स्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (EMSC) का अनुसार यो भूकम्प स्थानीय समय अनुसार भूकम्प बिहान करिब ४:५८ बजेगएकाे हाे । यसकाे केन्द्रविन्दु नागेकेओबाट ३० किलोमिटर टाढा र गहिराइ १५ किलोमिटर रहेको छ ।

भूकम्पलगत्तै तटीय क्षेत्रमा सुनामीको उच्च जोखिम रहेको जनाउँदै अधिकारीहरूले सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान (इभ्याकुएसन) आदेश दिएका छन् । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीका भूकम्प तथा सुनामी निर्देशकले विज्ञप्ति जारी गर्दै भूकम्पको प्रकृति र मोडल अनुसार पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तहरूमा सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।

भूकम्पपछिको स्थिति र सम्भावित सुनामीको खतरालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत टोलीलाई उच्च सतर्क अवस्था (हाई अलर्ट) मा राखिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।