२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

प्रहरी माथि ढुंगामुढा प्रहार हुदाँ दुई प्रहरी घाइते

बाजुराको बुढीगंगा नगरपालिका–८ को बेलातमाण्डौ बजारमा भएको झगडा मिलाउन गएका प्रहरी माथि ढुंगामुढा प्रहार हुदाँ दुई प्रहरी घाइते भएका छन्। स्थानीय होटेल सञ्चालन पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरे पछि झगडा छुट्याउदाँ रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान गरी घाइते भएका छन् ।

घाइते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। बेलातमाण्डौमा होटेल सञ्चालक पारस रावतलाई कुटपिट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दीपीप केसीसहितको समूहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी भट्टराईले बताए ।

प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट इनिस्पेक्टरको कमाण्डमा शुक्रबार राति १२ बजे नै घटना स्थलमा टोली खटाइ खोजी कार्य शुरु गरिएको बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।