२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

एम्बुलेन्स ग्यारेजमा थन्किदा विरामीलाई मर्का

कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा एक महिनै देखि एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स संचालनमा नहुदा विरामीहरुले निकै तनाव झेल्नु परिरहेकोछ ।

शुक्लाफाँटा नगरपालिका वडा नं.४ मा रहेको पिपलाडी स्वास्थ्य चौकिको उक्त एम्बुलेन्स शुक्लाफाँटा नगरपालिकाले कोरोनालाई मध्यनजर गर्दै विरामी ओसार पोसार एबम स्वाव संकलन गरी धनगढीको सेती प्रादेशीक अस्पताल जाने काम गर्दै आएको थियो ।

यसरी वोक्ने काममा प्रयोग हुँदै आएको एम्बुलेन्स शुक्लाफाँटा नगरपालिका वाट स्वाव लियर धनगढी अस्पताल जाने क्रममा एम्बुलेन्स धनगढीमा दुर्घटना भएको भए थियो । सर्वसाधारण नागरिकलाई स्वास्थ सेवा प्रदान गर्ने एम्बुलेन्स एक महिना भन्दा बढी समय सम्म ग्यारेजमा थन्किदा समेत सम्बन्धीत सरोकारवाला निकाय वेखवर रही गैरजिम्मेवारी पना देखिएको नागरिक सुशासन समाजका अध्यक्ष वीर वहादुर वोहराले शुक्लाफाँटा खबर दैनिक पत्रिका लाई वताए ।

नागरिकको स्वास्थ्य संम्वेदनशिलता जस्तो विषयलाई प्राथमिक्तामा राख्नुको साटो गम्भीर लापरबाही भईरहेकोछ । एम्बुलेन्स मर्मत नहुदा सयौको संख्यामा विरामीहरुले एम्बुलेन्स सेवावाट वन्चित हुनु परेको प्रती नागरिक सुशासन समाजको गम्भीरता ध्यानाकर्षण भएको समेत अध्यक्ष वोहराले बताए ।

यसैगरि शुक्लाफाँटा नगरपालिका वडानं २ का वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक शिवराज पनेरुले एम्बुलेन्स जस्तो संम्वेदनशिल साधन समयमै मर्मत गरेर संचालन गर्न नसक्नुमा नगरपालिका हदै सम्म चुकेको स्विकार गरेका छन ।

अवको २÷३दिनभित्रमा मर्मत गरेर एम्बुलेन्स संचालनमा ल्याउन पहल गरिने वडा अध्यक्ष पनेरूले वताए । अन्तत नगरपालिकाका केही कर्मचारीहरुको स्वार्थका कारण पनि एम्बुलेन्स मर्मतमा जानी जानी ढिलाई गरेको प्रष्टै देख्न र बुझ्न सकिन्छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।