२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु,

श्रावण ४,प्यूठान – प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सबैजना भिंगृ– स्वर्गद्वारी सडकमा काम गर्ने कामदारहरु हुन् ।

मृत्यु हुनेहरु रोल्पा रुम्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिका चालक हुन् । मृत्यु हुनेहरु रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत,वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

सडक निर्माणको काम गर्ने कामदारहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको हो । ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । घटनास्थलमा प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।