२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

सुदूरपश्चिममा परीक्षण गरिएका १४ प्रतिशतमा संक्रमण पुष्टि, ४१ प्रतिशत डिस्चार्ज

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएका १४ प्रतिशतमा मात्र कोरोना पुष्टि भएको पाईएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम सहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण गरिएका १४ दशमलव १० प्रतिशतमा कोरोना पुष्टि भएको छ।

शनिबार सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा २८ हजार पाँच सय ५० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा चार हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये निको भएर घर फर्किनेको प्रतिशत धेरै रहेको छ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार संक्रमित मध्ये ४१ प्रतिशत निका भएर डिस्चार्ज भएका छन्। शनिबार सम्म एक हजार ६ सय ६८ संक्रमित अस्पताल तथा क्वारेन्टिनबाट डिस्चार्ज भईसकेका छन्।

प्रदेशमा ८ जना संक्रमितको भने मृत्यु भईसकेको छ। जुन कुल संक्रमितको शुन्य दशमलव १९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ५४ जना संक्रमित रहेका छन्।

कैलालीपछि अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।  

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।