२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

ठोरीमा त्रेतायुगका रामसँग सम्बन्धित तथ्य भएको स्थानीयको दाबी

वीरगन्ज । पर्सा जिल्ला स्थित ठोरीको विषय यति बेला निंकै नैं चर्चामा छ । प्रधानमन्त्री ओलीबाट राम नेपालको ठोरी मैं जन्मिएको भन्ने अभिव्यक्ति पछि अहिले ठोरी निंकै नैं चर्चामा आएको हो । ad नेपाल–भारत बिच सीमा बिवादले सम्बन्ध चिसिदै गएको बेला ठोरीको प्रसङ्गले थप चिसिएको छ ।

खरीबोट

सांस्कृतिक विषयसँग जोडिएको ठोरी नेपाली राष्ट्रियताको प्रसङ्गले मुलुक तातिरहेको बेला ठोरीको चर्चाले सबैको ध्यान तानेको छ । सुमेरू पर्वत, सीता गुफा, वाल्मीकि आश्रम, अयोध्यापुरी पर्सा अनि ठोरीबासीका लागि नयाँ होईनन् । तर, यति बेला ठोरी नेपालसहित भारतमा समेत चर्चा र बहसको विषय बनेको छ । बहसको विषय मात्रै होईन, त्रेता युगका पुरुषोत्तम रामको जन्मस्थल कहाँ हो ? भन्ने विषयको बहससमेत शुरु भएको छ । रामको जन्मस्थान कहाँ हो, यसबारेमा अनुसन्धान हुदै जाला, त्यो अर्को पाटो हो तर, ठोरी सांस्कृतिक तथा धार्मिक महत्व भएको स्थान भएकोमा कुनै शंका छैन ।

सुक्खा बन्दरगाह वीरगन्जदेखि झण्डै ६५ किलोमिटर पश्चिममा ठोरी पर्दछ । यस ठाँउमा त्रेता युगमा सीताले वनवास जाँदा बसेको एक स्थान छ । जसलाई ‘सीता गुफा’ नामले चिनिन्छ । ठोरी सांस्कृतिक धार्मिक हिसाबले पुरानो भएको स्थानीय सरकारको दाबी छ । ‘सीता गुफा यहाँ वस्ती बस्नुभन्दा अगाडि देखि नैं थियो र वर्षौं देखि गुफामा पूजापाठ हुँदै आएको छ’, ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले भने, ‘त्यसले गर्दा सीता गुफा पत्ता लाग्यो होईन कि, पहिलेदेखि यहाँ थियो, भनेर बुझ्नुहोस्।’

गत विक्रम सम्वत् २०३२ मा यता माडी ठोरी अलग भए पछि चितवनमा अयोध्यापुरी गाविस थियो । हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । माडीबाट नेपाल–भारत सीमा छेउ सम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काँखमा सीता गुफा छ ।

यसको सामुन्नेमा चिता र ठुटे खोला मिलेको छ । ‘ठोरीमा पहिले घनाघोर जङ्गल थियो , बस्ती थिएन र यहाँ आसपासमा मठ मन्दिरहरू छन्’, ठोरीका स्थानीय रामचरण लामिछानेले भने, ‘प्रधानमन्त्रीज्यूले कुँनै इतिहास नपढी भगवान रामको जन्म ठोरीमा भएको भन्नु भएको होइन जस्तो लाग्छ। उहाँले वास्तविक बोल्नुभयो ’ उनले भने । त्रेता युगका राजा जनककी पुत्री जानकी (सीता) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरू सीता र रामको महिमा सुनाउँछन्।

वाल्मीकि आश्रम पनि नजिकै छ । अनि , अयोध्यापुरी त छिमेंकमा गाविस नैं थियो । यो सबै कुरा एक-आपसमा मेल खाने भएकोले यसमा सत्यता रहेको ठोरीबासीको भनाई छ । रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर रहेको स्थानीय बताउँछन् । ‘त्रेता युगमा राम ठोरीमा जन्मेका हुन्, भन्ने प्रशस्त्र आधार ठोरीवासीसँग छ’, अर्का स्थानीय चिरञ्जीवी सापकोटोले भने, ‘रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर छ ।’

उनले बताए । रामायणमा उल्लेख भएका कतिपय ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिकामा रहेका सांस्कृतिक र धार्मिक तथ्यहरुले पुष्टि गरेका छन् । यद्यपि, ठोरीमा रामको जन्म भएको हो वा होईन, भन्ने यसको ऐतिहासिक पुष्टि हुन भने बाँकी छ ।

तैपनि, प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि ठोरीको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको पक्कै हो । थप पुष्टिका लागि अध्ययन र अनुसन्धान गर्ने काम राज्यको हो । त्यस पछिको अध्ययनले यसको वास्तविकता अवश्य बाहिर ल्याउने नैं छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।