२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

धनगढीमा सिकारी बाज चरा मार्ने चारजना पक्राउ

धनगढी : धनगढीमा सिकारी बाज चरा मार्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। आईतबार राती धनगढी उप–महानगरपालिकाको बोराडाँडी क्षेत्रबाट बाज चरा मारेर लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी विट चटकपुरबाट खटिएको प्रहरीको टोलीले चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय कमल राना, २९ वर्षीय प्रलाद राना, ३० वर्षीय देवसिह राना र ३२ वर्षीय आशा राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको बताए।

उनीहरुले कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रबाट बाज मारेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले मरेको बाज सहित चारजनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।