२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि फेरी स्थगित

काठमाण्डौ –सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण एकहप्ताका लागि स्थगित गरिएको नेताहरुले बताए। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो। दुई अध्यक्षको भेटलगत्तै बसेको स्थाायी कमिटी बैठक केहीमिनेट बसेर प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो ।

नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।