२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

शुक्लाफाँटामा ३८अाै विपि स्मृति दिवस मनाईयाे

जय ऐर\कंचनपुर । कंचनपुरकाे शुक्लाफाँटामा जननायक नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपि काेईरालाकाे ३८अाै स्मृति दिवस मनाईएकाेछ।नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका महामानव विशेश्वर प्रसाद काेईराला सम्मानमा झलारिकाे विपि चाेकमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभाकाे अायाेजना गरि मनाईएकाे हाे।

नेपाली जनतालाई रैतिवाट नागरिक वनाउन देशमा प्रजातन्त्र स्थापना गर्न विपिकाे याेगदान अविश्मणिय रहेकाे नगर प्रमुख दिल वहादुर ऐरले वताएकाछन्।त्यसैगरि नेपाली कांग्रेसका महाँसमिति सदस्य लाल वहादुर सिंहले विपिकाे मेलमिलापको नीति अनुशार पार्टीलाई अगाडि वढाउनु पर्छ।विपिले देखाएको वाटाे विराउदा नेताकाे टकरावले पार्टी कमजोर भएकाे नेता सिंहले जनाए।

कार्यक्रमका सभापति एवं विपि चिन्तन प्रतिष्ठान कंचनपुरका जिल्ला अध्यक्ष दुर्गाप्रसाद भट्टले भने जहाँनिया राणा शासनवाट नेपाली जनतालाई मुक्ति दिलाउन विपिकाे याेगदान ईतिहाँसकाे पानामा सुनाैला अक्षरमा लेखिएकाेछ।विपिले प्रतिपादन गरेकाे नेपालकाे माटाे सुहाउने समाजवादकाे आदर्श सिद्धान्त सवैले अनुसरण गर्न सके समृद्धि खाेज्दै टाढा जानू नपर्ने नेता भट्टले जिकिर गरे।

कार्यक्रममा क्षेत्रिय सभापति दल वहादुर वाेहरा,किसान संघका केन्द्रिय सदस्य शेर वहादुर साउद,नगर सभापति जय वहादुर विस्ट,वडा अध्यक्ष लाल वहादुर ऐर लयायत नेता कार्यकर्ता भातृ संस्थाका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे।नेपाली कांग्रेसका संस्थापक नेता जननायक विपि काेईरालाकाे स्वर्गारोहण भएकाेदिन साउन ६ गतेका दिन नेपाली कांग्रेसले विपिकाे सम्मानमा उनकाे स्मृति दिवस मनाउदै अाएकाेछ।

एकतन्त्रीय राणा शासनका विरूद्व २००७ सालकाे क्रान्तिमा महत्त्वपूर्ण भुमिका संगै नेपाली जनतालाई न्याय मुक्ति अधिकार सम्पन्न गर्ने संघर्षमा निरन्तर हाेमिनु भएका समाजवादका प्रवर्तक काईरालाले देखाएकाे मार्ग मा सवैले जुटेर लाग्नसके वहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने वक्ताकाे भनाई रहेकाे थियाे।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।