२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

महाकाली राजमार्ग अवरुद्ध, तटबन्धबाट यातायात सञ्चालनको तयारी

दार्चुला ७, साउन । आइतबार रातिको अविरल वर्षासँगै धौलीगाड खोलामा आएको बाढीले कल्भर्ट बगाएपछि दार्चुला सदरमुकाम खलंगा जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ।

महाकाली नगरपालिका ५ स्थित धौलीगाड खोलामा १५ मिटर कल्भर्ट बगाउँदा राजमार्गमा अवरोध भएको हो। बाढीले कटान गरेर सडकका केही भागमा पहिरो खसेको छ।

पानीको सतह घटीनसकेकोले तत्काल सडक सञ्चालन गर्न अप्ठ्यारो रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। उनका अनुसार धौलीगाड खोलामा महाकाली लोकमार्गको सडक सञ्चालन गर्न समय लाग्ने हुँदा तटबन्ध माथि बनेको सडक सञ्चालनको प्रयास भइरहेको छ।

महाकाली तटबन्धबाट यातायात सञ्चालन गर्न बुधबार (आज) सम्म लाग्ने प्रजिअ पोखरेलले बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।