२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

त्रिनगर भन्सारबाट साढे १७ अर्बको आयात, ५४ करोडको मात्रै निर्यात

धनगढी : कैलाली भन्सारबाट गत आर्थिक वर्ष २०७६/०७७ मा१७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ तुलनामा यो चार  अर्ब ८ करोडले कम हो।

कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि गरिएको नाका बन्दका कारण गत आवमा आयात घटेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले बताए।

अघिल्लो आव २०७५÷०७६ मा यो नाका हुँदै भारतबाट २१ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न वस्तु आयात भएकोे थियो। 

यस्तै अघिल्लो आर्थिक बर्षमा ८० करोड बराबरको सामान त्रिनगर भन्सार नाका भएर निर्यात भएकोमा गत आर्थिक बर्षमा ५४ करोडको मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।