२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

टाउकोमा गम्भीर चोट लागेका गुरुङलाई आर्थिक सहयोग

कास्की। टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ। 

पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको दुई वर्षअघि भर्‍याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। २५ वर्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन।   

उपचारमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उनकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ।  

सहयोग रकम पर्वत घर भई हाल पोखरा–१० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गरेका हुन्। रासस

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।