२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

ठेकेदारको लापरवाहीले शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र

कैलाली ।  धनगढी–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र परेको छ। एलाइड एड्भेन्चर प्रालिले २०७४ मा तीन वर्षभित्रै पुल निर्माण गर्ने सहमतिअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ।

पुल निर्माणका लागि निर्माणको जिम्मा पाएको एलाइडले निर्धारित समयमा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर गणेश जोशीले बताए।

धनगढी उपमहानगरपालिका ७ वडास्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाइ भएको पुलको समेत तीन वर्षसम्म पूरा हुन नसकेको इन्जिनियर जोशीले बताए। ‘निर्धारित समयमा पुलको आधा काम पनि सम्पन्न नभएको  इन्जिनियर जोशीले बताए । उनका अनुसार ‘कामको प्रगति विवरण विभागमा पठाएको उनको भनाई छ ।

एलाइड एड्भेन्चरका इन्जिनियर दिनेश बटालाले एक पटक निर्माण गरिएको पुलको बेस पानीले बगाएका कारण समयमै पुल निर्माण हुन नसकेको बताए ।

असारभित्रै काम सम्पन्न गर्ने गरी मंसिरदेखि काम सुरु गरेकोमा चैतयता लकडाउनका कारण पुल निर्माणमा अवरोध आएको उनले बताए। एलाइडले यसअघि मोहना नदी र पथरैया नदीमाथि बन्ने पुल निर्माण पनि वर्षौंसम्म अलपत्र पारेको थियो।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।