२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

कञ्चनपुरमा ७ लाख बढी विरुवा वितरण

महेन्द्रनगर, १० साउन । कञ्चनपुरको डिभिजन वन कार्यालयले नर्सरीमा उत्पादन गरेका ७ लाख भन्दा बढी बिरुवा वितरण गरेको छ । 
वन कार्यालयले गत साउन १ गते देखी विभिन्न प्रजातीका बोटबिरुवा वितरण सुरु गरेर ७ लाख बढी बिरुवा वितरण गरिसकेको छ । 
वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वन कार्यालयले नर्सरी उत्पादन गरेका सिसौ, मसाला, टिक, कोइराला, टँकी, बकाइनो, सितलचिनी, अम्बा, कागती, अशोक, पारिजात, अर्जुन, विजयसाललगायतका प्रजातिका बिरुवा वितरण गरिरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयबिक्रम मानन्धरले बताए ।

उनका अनुसार वन कार्यालयले वितरण गरेको ७ लाख वढी बिरुवा मध्ये केही मात्रै बाँकी रहेको र बाँकी रहेकोलाई पनि दुईतिन दिनमै वितरण गरिसक्ने बताए। 
कोरोना भाइरस रोकथामका लागि अपनाउनु  पर्ने सुरक्षाका मापदण्ड पुरा गरेर कुप्पन प्रणलीबाट बिरुवा वितरण गगरिरहेको वन कार्यालयले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।