२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

लोकगायक मोतिराज खनालको तीज कोसेली ‘के जमाना आयो’ (भिडियो)

लोकगायक मोतिराज खनाल यसपालीको तीजमा पनि नयाँ कोसेली ‘के जमाना आयो’ लिएर आएका छन्।

गत वर्ष ‘सधैँ तमासा’ ल्याएका खनालले यसपाली गायिका कमला पोखरेलको साथमा ‘के जमाना आयो’ बोलको तीज गीत लिएर आएका हुन्।

गीत नेपालको मौलिकता र परम्परालाई आधुनिकताले कसरी ओझेलमा पार्दै गएको भन्ने विषयमा आधारित रहेको खनालले बताए।

एप्पल मिडिया एण्ड एड्भरटाइजिङमार्फत बजारमा आएको यो गीतको शव्द र संगीत खनाल कै रहेको छ।

नजिँकिदै गरेको हरितालीका तिजको अवसर पारेर ल्याइएको गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काको छ भने भिडियोलाई विरेन्द्र भट्टले छायांकन गरेका हुन्। अनिल रानाले कभर डिजाइन गरेका छन्।

गीतमा कलाकार शेखर खनाल (भुईकटर) र अंशु महर्जन (हात्ती)को अभिनय रहेको छ।

हेरौँ भिडियो

https://youtu.be/u0va8SwbfBw

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।