२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

सुदूरपश्चिममा थप ४५५ कोरोना संक्रमित डिस्चार्ज

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप चार सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट चार सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्।

मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सबैभन्दा बढि कैलालीका दुई सय ८७ र बाजुराबाट एक सय ६८ जना डिस्चार्ज भएको जानकारी दिए।

आईतबार चार सय ५५ जना डिस्चार्ज भएसँगै सुदूरपश्चिममा कोरोना जितेर आईसोलेसन तथा क्वारेन्टिनबाट घर फर्किनेको संख्या दुई हजार सात सय ५१ पुगेको छ।

प्रदेशमा एक हजार चार सय ७५ एक्टिभ केस रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ भने ८ जनाको मृत्यु भईसकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अछाममा ६ सय ६२, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।