२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

विवाह गर्न पाउँ भन्दै प्रेमीको घर बाहिर धर्ना

एजेन्सी । प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरकी एक महिला धर्नामा बसेकी छन् । भारतीय सञ्चार माध्ययम अमर उजालाका अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन।

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताउँदै आएकी छन। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताउँदै पन्छिन खोजेको खवरमा उल्लेख छ ।

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइरहेकी छन्। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीको भनाई छ। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको खवरमा उल्लेख छ ।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले सञ्चार माध्ययमा जनाएकी छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।