२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

अछामका युवकले क्वारेन्टिनमै गरे आत्महत्या

बर्दिया । अछामका एक युवकले क्वारेन्टिनमा आत्महत्या गरेका छन्। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन्।

उनले क्वारेन्टिन पछाडिको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। भारतको राजस्थानबाट आएका युवक ठाकुरबाबामा आफन्त कहा गएका थिए। आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो।

आइतबार मात्रै उनको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो। तर रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका छन्।  रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।