२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन रह्यो

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन सकिएको छ। संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित बैठकमा सत्तापक्ष र विपक्षी पक्षले आफ्नो अडानमा कुनै लचकता नदेखाएपछि सहमति जुट्न सकेन। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग राखे भने सत्तापक्षले यसप्रति सहमति जनाएन। यद्यपि, सहमति नजुटेपछि विपक्षीहरूले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन् र प्रतिनिधिसभाको अवरोध कायमै रहने देखिएको छ।

मंगलबार दुई पटक सूचना टाँसेर बस्दै स्थगित भएको प्रतिनिधिसभाको बैठक, सभामुख घिमिरेले बुधबार दिउँसो एक बजेका लागि बोलाएका थिए। तर, दलहरूबीच सहमति नहुँदा बैठक निष्कर्षविहीन सकिएको सचिवालयले जानकारी दिएको छ। विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। उनीहरू उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको घोषणा भएपछि मात्रै संसद् सञ्चालनमा सहमति जनाउने संकेत गरेका छन्। तर, सत्तापक्ष भने समिति गठनका लागि तयार देखिएको छैन।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।