काठमाडौँ, २१ जेठ २०८२ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको मागलाई लिएर भइरहेको बहसको बीचमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनाको कुनै आवश्यकता नरहेको स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध कुनै ठोस प्रमाण नदेखिएको र छानबिन प्रक्रिया पनि सुरु नभएकाले अहिले राजीनाको माग औचित्यहीन रहेको बताए। साथै, उनले प्रतिपक्षी दलहरूद्वारा उठाइएका विषयमा गृहमन्त्री स्वयंले संसदमा जवाफ दिने अधिकार हुनुपर्ने धारणा राखे।
लहरूबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै गुरुङले संसदमा देखिएको गतिरोध समाधानको दिशामा चाँडै सकारात्मक पहल हुने विश्वास व्यक्त गरे। प्रवक्ता गुरुङले १९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू पनि सार्वजनिक गरे। तीमध्ये नेपाली सेनामा एक प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, १० महासेनानीहरूको सरुवा, र एक महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय छन्। त्यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई चीनमा जेठ २८–३० सम्म हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिइएको छ। साथै, असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष (OPEC Fund) फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।












