२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

प्रतिनिधि सभा बैठक निष्कर्षविहीन छलफलपछि स्थगित, अब बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, २१ जेठ २०८२ — पछिल्ला राजनीतिक तनावका बीच आज (बुधबार)का लागि तय गरिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। अब यो बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ। आज दिउँसो ३:१५ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको हो। बैठक स्थगित हुनुको प्रमुख कारण संसद्मा कायम रहेको अवरोध हो, जसलाई हटाउन गरिएको प्रयास निष्फल भएको देखिन्छ।

सभामुख घिमिरेले संसद्को गतिरोध अन्त्य गर्न दलहरूबीच सहमति खोज्न बुधबार बिहान प्रमुख राजनीतिक दलहरूका प्रमुख सचेतकहरूसँग विशेष बैठक आयोजना गरेका थिए। तर सत्तापक्ष र विपक्षी दलहरू आ-आफ्नो अडानबाट पछि नहट्दा छलफल निष्कर्षविहीन बनेको थियो। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको संलग्नता रहेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेका छन्। उनीहरूले या त मन्त्रीको राजीनामा हुनुपर्ने वा संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने अडान राखिरहेका छन्। तर, सत्तापक्षले उक्त माग स्विकार गर्न अस्वीकार गरेपछि प्रतिनिधि सभा गत केही दिनदेखि अवरुद्ध भइरहेको छ।

सत्ता र प्रतिपक्षबीच सहमति कायम नहुँदा संसद् सञ्चालनमा गम्भीर अवरोध उत्पन्न भएको छ। विपक्षी दलहरूको स्पष्ट चेतावनी छ— जबसम्म माग सम्बोधन हुँदैन, तबसम्म सदन चल्न दिइने छैन। यसले आगामी बैठकमा पनि संसद् सुचारु हुनेमा अनिश्चितता कायमै रहेको संकेत गर्छ। अब बिहीबार दिउँसो १ बजेका लागि बैठक पुनः बोलाइएको छ, तर सहमतिको वातावरण बन्ने कि नबन्ने भन्ने विषय अझै स्पष्ट छै।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।