२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

प्रचण्ड र पूर्णबहादुरबीच संसद् अवरोध र भिसा प्रकरणमा छलफल

२३ जेठ, काठमाडौं — संघीय संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संसद् अवरोध हटाउने र भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्ने विषयमा छलफल भइरहेको छ। छलफलमा दुबै नेताले संसद् सञ्चालनमा ल्याउन सहमति खोज्ने र भिसा काण्डबारे तथ्य खोज्न संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पूर्णबहादुर खड्कासँगको छलफलअघि प्रचण्डले विपक्षी दलहरू — माओवादी केन्द्र, रास्वपानेकपा एकीकृत समाजवादी नेताहरूसँग पनि बैठक गरेका थिए। बैठकमा सहभागी नेताहरूका अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने सहमति बनेको छ। 

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, छानबिन समिति गठनको औपचारिक प्रतिबद्धता जनाएर संसद् अवरोध अन्त्य गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अवरोध कायमै रहेकाले बैठक सुरु हुन सकेको छैन। अवरोध हटाउने प्रयासस्वरूप थप राजनीतिक छलफल जारी राख्ने नेताहरूले बताएका छन्।  संसद् अवरोध हटाउन सत्ता र प्रमुख विपक्षी नेताबीच संवाद तीव्र बन्दै गएको छ। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न सहमति नजिकिए पनि औपचारिक घोषणा र साझा कार्यान्वयनमै अबको राजनीतिक स्थिरता निर्भर देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।