२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन प्रक्रियामा, वातावरण संरक्षणमा पनि जोड

२३ जेठ, काठमाडौं — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिट्टै गठन हुने जानकारी दिएका छन्। उनले काउन्सिल गठनको प्रक्रिया सुरु भइसकेको बताएका छन्। यो घोषणा डिप्लोमा इन्जिनियर्स एसोसिएसनको ४५औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यशाला कार्यक्रममा गरिएको हो। मन्त्री दाहालले जलवायु परिवर्तनको असर घटाउन सामूहिक पहल आवश्यक रहेको बताए। उनले प्लास्टिक प्रयोगलाई मानव स्वास्थ्य, वन्यजन्तु र वातावरणका लागि घातक भन्दै यसको विकल्प विकास गरी प्रयोग घटाउनुपर्नेमा जोड दिए।

उनले स्थानीय, प्रदेश र संघीय सरकार सबैले नागरिक सहभागितामा आधारित वातावरण संरक्षण कार्यक्रम अघि सार्नुपर्ने बताए। कार्यक्रममा जलवायु परिवर्तन, प्लास्टिक प्रदूषण र वातावरणीय चुनौती विषयमा छलफल भएको थियो। डिप्लोमा इन्जिनियरिङ पेशाको मान्यता र व्यवस्थापनका लागि काउन्सिल गठन तिव्र गतिमा अगाडि बढ्दै गर्दा वातावरणीय सरोकारलाई पनि सरकारी प्राथमिकतामा राखिएको स्पष्ट संकेत मन्त्रीको वक्तव्यबाट देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।