२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

७ वर्षको उमेरमा हराएका बादल २२ वर्षपछि घर फर्किँदा गाउँमा खुसीको माहोल

गुल्मी, २४ जेठ २०८२ — सात वर्षको उमेरमा काठमाडौंबाट बेपत्ता भएका गुल्मी इस्मा गाउँपालिका–१, हर्पुकोटका बादल कुँवर अन्ततः २२ वर्षपछि आफ्नो घर फर्किएका छन्। लामो समयपछि भएको यस पुनर्मिलनले स्थानीय समुदाय भावुक बनेको छ। बादल सन् २०६० तिर काठमाडौंमा परिवारसँगै बस्दाबस्दै एकाएक हराएका थिए। उनका बुवा नेपाली सेनामा कार्यरत थिए भने आमा अम्बिका कुँवर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेकी थिइन्। बेपत्ता भएपछिका वर्षहरूमा बादलको खोजी भए पनि कुनै सफलता मिलेन। पछि उनका बुबा पनि जागिर छोडेर नर्वे गएका थिए। बादल फ्रान्स पुगेका थिए। त्यहीँ गुल्मीका अर्का एक छिमेकी प्रकाश बोहरासँग उनको भेट भयो। सामान्य कुराकानीका क्रममा बादलको वास्तविक पहिचान खुलेपछि प्रकाशले तुरुन्तै परिवारसँग सम्पर्क गरे।

सामाजिक सञ्जालमार्फत भिडियो कल गरियो, जहाँ बादल २२ वर्षपछि आफ्ना बुबा आमासँग स्क्रिनमा देखिए। त्यो क्षण निकै भावुक र अविस्मरणीय भएको परिवारले बताएका छन्। प्रकाश बोहराकै पहलमा बादललाई नेपाल फर्काउने प्रक्रिया सुरु भयो। अन्ततः शुक्रबार साँझ बादल आफ्नो जन्मथलो हर्पुकोट पुगे। वडाध्यक्ष शेरबहादुर कुँवरले रातोपाटीसँग कुरा गर्दै भने, “२२ वर्षपछि बादल घर फर्कनु चमत्कारभन्दा कम होइन। उनले आमा–बुबालाई त चिनेनन्, तर दाजु आकाशसँगको बाल्यकालको सम्झना भने गरेका छन्।”

संयोगवश, बादल फर्किएको दिन कुँवर परिवारमा कुल पूजा पनि सुरु भएको थियो। यसलाई गाउँलेहरूले पितृहरूको आशीर्वाद र संयोग मानेका छन्। घर फर्किएपछि बादलले आफूले लामो समयपछि घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन्। परिवारका सदस्यहरू भावुक छन् भने गाउँभरि खुसीको लहर छाएको छ। धेरै स्थानीयवासीका अनुसार, यस्तो पुनर्मिलनले परिवार, माया र आशाको गहिरो महत्व झल्काउँछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।