२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

मितेरी सहकारी ठगी प्रकरणका ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिन म्याद थप

काठमाडौँ — कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतले सात दिनको अनुसन्धान म्याद थप गरेको छ। लिखतसम्बन्धी कसुर र ठगीको अभियोगमा अनुसन्धानलाई थप समय दिन अदालतले उक्त म्याद दिएको हो। पक्राउ परेका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालतमा पेश गरेको थियो।

सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार, नागरिकता, राहदानी र सहकारी ठगीको विषयमा समेत अनुसन्धान गर्न म्याद थप गरिएको हो। अनुसन्धानका क्रममा भण्डारीको नाममा कास्की र बर्दियाबाट दुई फरक–फरक नागरिकता तथा राहदानी रहेको पत्ता लागेको छ। यस विषयमा प्रहरीले थप छानबिन गरिरहेको छ।

मितेरी सहकारी ललितपुरमा कार्यालय रहेको एक सहकारी संस्था हो, जसले करिब १४४ जना बचतकर्ता र सञ्चालकको करिब १४ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप लागेको छ। भण्डारी लामो समयदेखि फरार थिए र उनको विरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो। भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको बताइएको छ। प्रहरीले यो रकम क्रिप्टोमार्फत विदेश पुर्‍याएको आशंका गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।