२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

विमानस्थल अध्यागमनमा ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क’ लागू, गल्ती गरे अब उन्मुक्ति नपाइने

३० असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूको जिम्मेवारी स्पष्ट पार्दै ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ लागू गरेको छ। फ्रेमवर्कमार्फत अध्यागमन प्रक्रियामा हुने त्रुटि, विवाद र अनियमिततामा संलग्न कर्मचारीलाई अब सहजै उन्मुक्ति नदिइने भएको हो। अध्यागमन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ फ्रेमवर्क लागू भएको जानकारी दिएको छ। उक्त दस्तावेजले कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै त्रुटि भएमा कसले जिम्मेवारी लिने भन्ने विषयमा स्पष्ट निर्देश दिएको छ।

फ्रेमवर्कले अध्यागमन प्रक्रियालाई तीन मुख्य खण्डमा वर्गीकरण गर्दै कारबाहीका स्पष्ट मापदण्ड तय गरेको छ: नेपाली नागरिकको प्रस्थान – नक्कली कागजात प्रयोग गरी यात्रा गर्न खोजेमा यात्रुका साथै संलग्न मेनपावर वा कन्सल्टेन्सीलाई पनि मुलुकी अपराध संहिता बमोजिम कारबाही गरिनेछ। अधुरा कागजात भएको अवस्थामा प्रस्थान अनुमति दिने डेस्कका अधिकारीहरू प्राथमिक जिम्मेवार हुनेछन् भने वरिष्ठ अध्यागमन अधिकृतलाई अन्तिम जिम्मेवार ठहरिनेछ। प्रतिबन्धित यात्रु प्रस्थान गरेमा सम्बन्धित एयरलाइन्स कम्पनीमाथि कारबाही सिफारिस गरी नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराइनेछ। 

 विदेशी नागरिकको आगमन र बसाइ – कालोसूचीमा रहेका व्यक्ति नेपाल प्रवेश गरेमा भिसा वा अनुमति दिने अधिकारी जिम्मेवार हुनेछन्। ती व्यक्तिलाई देश निकाला गरी भिसा दिने अधिकारीमाथि छानबिन र कारबाही प्रक्रिया अघि बढाइनेछ। भिसा नवीकरण नगरी बसोबास गर्ने विदेशी नागरिकलाई जरिवाना र विलम्ब शुल्कसहित भिसा नवीकरण गरिने वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गरिनेछ। 

 प्रक्रियागत त्रुटि – स–साना प्रक्रिया सम्बन्धी गल्ती भएमा पहिलोपटक चेतावनी, पुनः गल्ती दोहोरिएमा विभागीय कारबाही गरिने प्रावधान राखिएको छ। अध्यागमन कार्यालयले यो फ्रेमवर्क सेवा पारदर्शी, उत्तरदायी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यले ल्याइएको जनाएको छ। प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालाका अनुसार, मुख्य सचिवबाट प्राप्त निर्देशनअनुसार यो प्रणाली लागू गरिएको हो। हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणलगायतका कमजोरीपछि अध्यागमन कार्यालयले सुधारात्मक कदमस्वरूप उक्त फ्रेमवर्क कार्यान्वयनमा ल्याएको हो। कार्यालयले यसबाट अध्यागमनमा देखिएका विवाद र अनियमितता न्यूनीकरण हुने विश्वास व्यक्त गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।